संविधान जारी भएको महिनामा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव

73
  •  
  •  
  •  

काठमाडौं २७ असोज (ओएनएस) : संविधान जारी भएको महिना भित्र राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुने भएको छ ।

सोमबार बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकले संक्रमणकालिन व्यवस्था अन्तर्गत संविधान जारी भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्ने सहमति भएको हो ।

यि पदको चुनाव यसै संसदबाट हुने छ । यसरी निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिको समय अर्को चुनाव नभएसम्म रहने छ । सहमति अनुसार माघ ८ गते संविधान जारी गरे वर्तमा राष्ट्रपति डाक्टर रामवरण यादव र उपराष्ट्रपति परमानन्द झाको समय आगामी फागुन ८ गतेसम्म मात्रै हुने छ ।


  •  
  •  
  •