विनियोजन विधेयकमाथि छलफल अवरुद्ध हुँदा नियमित विधेयकमा छलफल

101
  •  
  •  
  •  

काठमाडौं १६ साउन (ओएनएस) : प्रतिपक्ष दल एकीकृत नेकपा माओवादलिाई सहमतिमा ल्याएर विनियोजन विधेयकमाथिको छलफल अवरुद्ध भएपछि ब्यवस्थापिका संसदमा नियमित विधेयकमा छलफल सुरु हुने भएको छ । हिजो एकीकृत माओवादी, मधेसी र केही साना दलको बिरोधका कारण व्यबस्थापिका संसदमा बिनियोजन बिधेयक माथिको छलफल फेरि प्रभावित हुने भएको छ ।संविधानसभा भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्ने आजको बैठकमा केही विधेयक पेस हुने संसद सचिवालयले जनाएको छ ।

हिजोको बैठकमा प्रारम्भ हुने भनिएको विनियोजन विधेयक २०७१ को विभिन्न शिर्षकमाथिको छलफल भने हुन सकेन । बिनियोजन बिधेयकको बारेमा यही साउन २२ गते छलफल चलाइने छ ।

प्रमुख प्रतिपक्षीलगायतका दलले पेश्की विधेयक पारित गर्ने बेलामा सरकारले बजेट टालटुले हिसावले ल्याएको तर द्वन्द्व पीडित, घाइते तथा बेपत्ता परिवारका लागि आवश्यक मात्रामा विनियोजन नगरिएको हुलाकी सडकलगायतका विभिन्न विकास योजनाका लागि बजेट नपुगेको लगायतका आफ्ना माग पूरा नभए बिनियोजन बिधेयकको बारेमा छलफल चलाउन नदिने जनाएका छन् ।


  •  
  •  
  •