काठमाडौं । नेपालमा थप ६ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय १० जनाको पिसिआर परीक्षण गर्दा ६ सय १३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ।
योसँगै नेपालमा हालसम्म पीसीआर परीक्षण हुनेको संख्या १८ लाख ९६ हजार २ सय ५० पुगेको छ।
बिहीबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८ पुगेको छ। हाल ४ सय जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ७३९ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको छ।
हेर्नुहोस् विस्तृतमा