सिके रावतलाई २४ घन्टा हिरासतमा राख्न अनुमति

107
  •  
  •  
  •  

काठमाडौं २ असोज (ओएनएस) : विशेष अदलालतले सिके राउतलाइ २४ घन्टा हिरासतमा राख्न अनुमति दिएको छ ।  मधेसलाई नेपालबाट अलग गराउनपर्छ भन्दै अभियान चलाउन सिके राउतलाई २५ दिन थुनामा राख्न समय माग गरेका थिए । विहीवार विशेष अदालतमा उपस्थित गराइएका रावतलाई सरकारी वलिकले सो समयसम्म थुनामा राख्न माग गरेका हन् ।

उनी मधेशलाइ नेपालबाट अलग गराउनुपर्छ भन्दै अभियान चलाउँदा पक्राउ परेका हुन् । सर्वोच्चले शुक्रवार उपस्थित हुन आदेश दिएपछि मोरङ प्रहरी निरीक्षकसहितको टोलीले राउतलाइ बुधवार विहान विराटनगरबाट काठमाडौं ल्याइएको थियो ।

उनलाई राज्यविरुद्वको अपराधमा मुद्दा लागेको छ । राज्य विरुद्वको आरोप प्रमाणित भएमा उनलाइ जन्म कैद सजाँय हुनसम्छ । त्यस्तै राज्यद्रोह गरेको पाइएमा दुइबर्ष वा सो भन्दा बढीको सजायँ हुनसक्छ । राउत मोरङको रंगेलीबाट शनिवार पक्राउ परेका थिए ।


  •  
  •  
  •