सिफारिस राजदूतको सुनुवाई प्रक्रिया सुरु

563
  •  
  •  
  •  

काठमाडौं, २४ भदौ (ओएनएस) व्यवस्थापिका–संसद्को सार्वजनिक सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । समितिले सार्वजनिक सूचना निकालेर प्रस्तावित नामबारे कुनै उजुरी भए पठाउन आह्वान गरेको छ ।

समितिका अनुसार प्रस्तावित नाम उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र उजुरी या सूचना दिन सकिन्छ । सरकारले ५ दिनअघि विभिन्न छवटा मुलुकमा परराष्ट्र मन्त्रालयका सहसचिवलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।
खगनाथ अधिकारी थाइल्यान्ड, अम्बिकादेवी लुईंटेल फ्रान्स, कालीप्रसाद पोखरेलल क्यानडा, यज्ञबहादुर हमाल कुवेत, दीपक धिताल संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका निम्ति जेनेभास्थित स्थायी नेपाली नियोग अमृतबहादुर राई दक्षिण अफ्रिकाका लागि सिफारिस भएका छन् ।
सरकारको यस सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।


  •  
  •  
  •