सत्य निरुपण आयोग गठन प्रक्रिया थाल्न निर्देशन

62
  •  
  •  
  •  

काठमाडौं १ असोज (ओएनएस) : व्यबस्थापिका संसदको मानव अधिकार तथा सामाजिक न्याय समितिले सत्य निरुपण तथा बेपत्ता नागरिक छानविन आयोग गठन तत्काल गठन गर्न सरकारलाइ निर्देशन दिएको छ ।

समितिले राष्ट्रिय मानव अधिकार आयोगमा पदाधिकारी नियुक्तीको प्रक्रिया थाल्न समेत सरकारलाइ निर्देशन दिएको छ । संसद सचिवालय सिंहदरवारमा आज बसेको समिति बैठकले सत्य निरुपण आयोग गठन प्रक्रिया अबिलम्ब सुरुगर्न निर्देशन दिएको समिति सभापति सुशील श्रेष्ठले जानकारी दिए ।

बैठकमा संसदीय मामिला मन्त्री नरहरि आचार्यले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी काम तीव्र गतिमा अघि बढाइएको बताएका थिए । प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट जवाफ दिँदै मन्त्री आचार्यले दुवै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न गठन भएको समितिले आफ्नो काम अन्तिम चरणमा पु¥याएको जानकारी गराएका थिए ।

राष्ट्रिय मानव अधिकार आयोगमा पदाधिकारी नियुक्तिको तयारी अन्तिम चरणमा पुगेको मन्त्री आचार्यले बताए । आयोग गठनमा भइरहेको ढिलाइ बारे बुझ्न समितिले प्रधानमन्त्री सुशील कोइराला लाई आमन्त्रण गरेको भएपनि राष्ट्रसंघीय महासभामा जानुपर्ने कार्यव्यस्तता जनाउदै उपस्थित हुन नसकेको भन्दै प्रधानमन्त्री कोइरालाले दुख व्यक्त गरेका थिए ।


  •  
  •  
  •