कात्तिक १५ सम्म विबाद समाधान भए माघ ८ मै संविधानः सिटौला

92
  •  
  •  
  •  

काठमाडौं, २ कात्तिक (ओएनएस) : नयाँ संविधानको मस्यौदा गर्ने जिम्म पाएको संविधान मस्यौदा समितिले ढिलोमा कात्तिक १५ गतेसम्म संविधानका विबादमा सहमति भए माघ ८ मै संविधान जारी गर्न सकिने बताएको छ । समितिले आज सिंहदरवारमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १५ सम्म्मा संविधानका सबै विबादमा सहमति भएर आए तोकिएको समयमै संविधान जारी गर्न सकिने बताएको हो ।

पत्रकार सम्मेलनमा समिति सभापति कृष्ण सिटौलाले जनतासंग गरिएको प्रतिबद्धता अनुसार माघ ८ मै संविधान जारी गर्नुपर्ने बताउनु भएको हो । ‘माघ ८ मा संविधान जारी गर्न सकिन्छ, माघ ८ मा संविधान जारी गर्न नसकिए त्यस पछि बन्छ भन्ने ग्यारेन्टी छैन ।’


  •  
  •  
  •