राजनीतिक सम्वाद समितिको बैठक जारी

86
  •  
  •  
  •  

काठमाडौ, ८ असोज (ओएनएस) : संविधानका विवादित विषयमा सहमति जुटाउने जिम्मा पाएको संविधानसभा मातहतको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक अहिले बसिरहेको छ ।

सिंहदरवारमा बिहान ८ बजेदेखि जारी बैठकमा शासकीय स्वरुप, राज्यपुनर्संरचना, न्यायप्रणाली लगायतका बिबादित बिषयमा छलफल भइरहेको समिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । एकीकृत माओवादी नेता डा बाबुराम भट्टराई सभापति रहेको समितिले असोज १४ गतेभित्रमा विवादित विषयमा सहमति जुटाइसक्नुपर्ने छ ।

तोकिएको समयावधिभित्रमा सहमति गर्नेगरी छलफल भइरहेको समिति सदस्य कर्णले बताउनुभयो । गएको भदौ २१ गते भित्रमा सहमति जुटाउने जिम्मा पाएको समितिले तोकिएको समयमा सहमति गर्न नसकेपछि संविधानसभाको बैठकले फेरि समितिको म्याद थपेको हो ।


  •  
  •  
  •