दुई सशस्त्र समहुसँग आज वार्ता

102
  •  
  •  
  •  

काठमाडौं, ७ असोज (ओएनएस) संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्र्तगतको प्रारम्भिक वार्ता उपसमितिले दुई भूमिगत समूहसँग सम्पर्क स्थापित गरेपछि मंगलवार वार्ता गर्ने भएको छ ।
उपसमिति संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार मंगलवार जनतान्त्रिक तराई मुक्तिमोर्चा पवन समूह र मंगोल नेशनल रिभुल्युशनरी अर्गनाइजेशनको टोलीसँग वार्ता हुनेछ। यी दुई भूमिगत सशस्त्र समूहसँग बेग्लाबेग्लै वार्ता हुन लागेको हो। वार्तामा उपसमिति संयोजक ढुंगाना, समितिका सभापति डा बाबुराम भट्टराई र उपसमितिका केही सदस्यहरु बस्ने भएका छन्।

प्रारम्भिक वार्ता उपसमिति भोलि जनकपुर गएर त्यहाँ सशस्त्र गतिविधिमा लागेको मनोज मुक्ति समूहसँग वार्ता गर्नेछ। पर्सी नौ गते उपसमितिका सदसदहरु जनकपुरबाट बीरगञ्ज जानेछन्। त्यहाँ उपसमितिका सभासद्हरुलाई पृथ्वी समूहले हतियार बुझाउने छ। सोही दिन सभासद् टोली हेटौंडा जानेछ र त्यहाँ माओवादी कम्युनिष्ट केन्द्रसँग हतियार बुझ्ने कार्यक्रम रहेको छ।


  •  
  •  
  •