सीके राउतको बिषयलाई लिएर संसदमा हंगामा

70
  •  
  •  
  •  

काठमाडौं, ६ असोज (ओएनएस) : नेपालाई टुक्राउनु पर्ने पृथकताबादी अभिव्यक्तिका कारण विबादमा तानिकएका सीके राउतको बिषयलाइ लिएर संसदमा सोमवार हंगामा भएको छ । मधेशी जनअधिकार फोरम नेपालका सभासद् लालबाबु राउतले सीके राउतको पक्षमा वकालत गर्न थालेपछि एमालेका मुख्य सचेतक अग्नी खरेलले नियमापत्ति गरेका हुन् ।

अदालतमा बिचाराधीन बिषय संसदमा उठाउन नमिल्ने भन्दै खरेलले नियमापत्ति गरेका हुन् । खरेलले नियमापत्ति गरिरहेको समयमा एमाओवादीका मुख्य सचेतक गिरिराजमणि पोखरेल उठेर सभासद राउतलाई बोल्न दिन माग गरेका थिए ।
आफ्नो संवोधनका क्रममा सभासद राउतले काग्रेस एमाले संघीयता सहितको संविधान जारी गर्न नचाहेको भन्दै गर्दा काग्रैस सभासद उषा गुरुङले फेरि नियमापत्ति गरिन । संविधान सभाको बिषय संसदमा प्रवेश गराएको भन्दै उनले नियमापत्ति गरिन । तर राउत बोल्न छाडेनन ।

काग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ लगायत सभासद् पनि उठे । संसद अबरुद्ध रहेकै समयमा अर्थमन्त्री डा रामशरण महत पनि उठे । संसद बैठक सुरु भएलगत्तै आज सत्तारुढ र विपक्षी दलका सभासद एकै पटक उठे । संसद अबरुद्ध रहँदा आफूहरुले बोल्न नपाएको भन्दै सत्तारुढ दलका सभासद समेत उठेपछि संसदमा केही नयाँ परिदृष्य देखियो ।


  •  
  •  
  •