इन्टरनेट महंगो भयोः सभासद

79
  •  
  •  
  •  

काठमाडौं, २८ साउन (ओएनएस) : सभासद्हरुले इन्टरनेट प्रदायक संस्था बढेपनि सर्बसाधारणका लागि इन्टरनेट महंगो भएको बताएका छन् । व्यबस्थापिका संसदमा बिनियोजन बिधेयक माथिको छलफल अन्र्तगत सूचना तथा संचार मन्त्रालय अन्र्तगतको शीर्षक माथिको छलफलमा सभासद्हरुले इन्टरनेट शुल्क महंगो भएको बताएका हुन् ।

सभासद्हरुले बिद्यालयमा इन्टरनेट शिक्षाको व्यबस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराए । ‘दुर्गम क्षेत्रका बिद्यालयमा इन्टरनेटबाट पढने व्यबस्था गर्नुपर्छ’ सभासद् महेन्द्रबहादुर शाहीले भने ।

सभासद्हरुले मोवाइलको गुणस्तरप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन् । सभासद भरत कुमार शाहले मोवाइलको गुणस्तर सुधार्न सरकारको ध्यानाकर्षण गराए । एकीकृत माओवादीका रामनारायण बिडारीले सरकारी संचार माध्यम जनता भन्दापनि सरकार र बिदेशीको पक्षमा रहेको आरोप लगाए ।


  •  
  •  
  •