उसमितिले प्रतिवेदन बुझायो

116
  •  
  •  
  •  

काठमाडौ, २० साउन (ओएनएस) : संविधानसभा मातहतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा समिति अन्र्तगत गठित प्रारम्भिक वार्ता उपसमितिले आफ्नो प्रतिवेदन बुझाएको छ । केही अगाडि लिम्बुवान पार्टीसँग गरेकोसहमतिको बुँदा समावेश गरेर आनन्द ढुंगाना संयोजक रहेको उपसमितिले समिति सक्षम आफ्नो प्रतिवेदन बुझाएको हो । उपसमितिले अहिलेसम्म भएका प्रगतिहरुको विवरण समेटेर प्रतिवेदन पेस गरेका हो ।
ढुंगाना नेतृत्वको वार्ता उपसमितिले हालै पूर्वि नेपालमा संघर्षरत बिभिन्न समूहसँग वार्ता तथा छलफल गरेको थियो । वार्तामा केही समूहले संविधान निर्माण प्रक्रियालाई बाधा नपु¥याउने लगायतका बिषयमा सहमति जनाएका थिए । त्यसैगरी बैठकमा सभासद लक्ष्मणलाल कर्ण नेतृत्वको उपसमितिले बिगतमा भएका सम्झौताको बारेमा अध्ययनको लागि उपसमितिको म्याद साउन मसान्तसम्म थप गरिएको समिति सदस्य गोपाल दहितले जानकारी दिए । सो समितिलाई तत्कालीन विवाद समाधान उपसमितिले गरेको असहमतिका विषय अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।


  •  
  •  
  •