जरुरी सार्वजनिक महत्वकोे प्रस्ताव माथि संसदमा छलफल

114
  •  
  •  
  •  

काठमाडौं, १५ साउन (ओएनएस) : उच्च माध्यमिक शिक्षालाइ गुणस्तरिय र मर्यादित बनाउन आबस्यक पहल गर्न सरकारलाइ ध्यानाकर्षण गारउन संसदमा जरुरी सार्बजानिक महत्वको ध्यानाकर्षण प्रस्ताव माथि संसदमा छलफल जारी छ ।

उच्च माध्यमिक शिक्षा सुरुवात भएको २२ बर्ष सम्मपनि उच्च माबिलाई यथोचित संवोधन गर्न नसकेको भन्दै नेकपा एमालेका सभासद् रवीन्द्र अधिकारीले संसदमा जरुरी महत्वको ध्यानाकर्षण प्रस्ताव गरेका थिए ।

संसदमा ध्यानाकर्षण प्रस्ताव पेशगर्दै सभासद् अधिकारीले ग्रामीण क्षेत्रको सामुदायिक उच्च माबिमा पढ्ने बिद्यार्थी उच्च शिक्षावाट बञ्चित हुने गरेको बताए । बिद्यमान शिक्षा प्रणालीले पैसा हुने र नहुनेको खाडल, धनी र गरीब बिचको खाडल फराकिलो बनाउको बताए । ‘विश्वबिद्यालय बाट प्रमाणपत्र तह हटाइएपछि कमजोर आर्थिक अबस्था भएका अविभावकका छोराछोरी डाक्टर हुने सम्भावना गए, अधिकारीले भने, प्लस टू निजि क्षेत्रलाइ छाडिदिए जस्तो देखिएको छ ।’


  •  
  •  
  •