संसद बैठक अवरुद्ध

129
  •  
  •  
  •  

काठमाडौं, १४ कात्तिक (ओएनएस) सनातन हिन्दु राज्यको माग गर्दै शान्तिपुर्ण धर्नामा बसेकालाई प्रहरीले दमन गरको भन्दै राप्रपा नेपालले व्यवस्थापिका संसद अबरुद्ध पारेको छ ।

नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै राजधानीका रत्नपार्कस्थित शान्तिबाटिकामा धर्नामा बसेकाहरुलाई महानगरपालिकाका नगर रक्षक र प्रहरीले हटाएको विरोधमा राप्रपा नेपालले सदन अबरोध गरेपछि आधा घण्टाको लागि स्थगित गरिएको छ ।

वैठक सुरुहुनासाथ राप्रपा नेपालका अध्यक्ष कमला थापाले विशेष समय लिएर बोल्दै शान्तिपुर्ण धर्नामा बसेका मानिसहरुलाई जबर्जस्ती हटाएर सरकारले हिन्दुहरुको भावनामाथि चोट पुर्याएको बताए । शान्तिपुर्ण रुपमा आन्दोलनगर्ने नागरिक अधिकारलाई सरकाले कुण्ठित गरेको आरोप लगाए ।


  •  
  •  
  •