बारा घटना छानविन गर्न संसदीय समिति गठन

81
  •  
  •  
  •  

काठमाडौं, २ कात्तिक (ओएनएस) : व्यवस्थापिका संसदले बारा घटना छानविन गर्न संसदीय समिति गठन गरेको छ । सोमवार बसेको संसदको बैठकले सो घटनाको छानविन गर्न सात सदस्यीय विशेष समिति गठन गर्ने निर्णय गरेको हो ।

गत असोज २५ गते वाराको सिमरौनगढमा प्रहरीको गोली लागि एक जनाको मृत्युु भएको छ । सो घटनापछि विपक्षीहरुले छानविनको माग गर्दै सदन अबरुद्ध पारेपछि गृहमन्त्रीले घटनाको छानविन गर्ने बताएका थिए । सरकारको प्रतिबद्धता अनुसार सो घटना छानविन गर्न छानविन समिति गठन गरिएको हो ।

सात सस्यीय समितिमा सुरेन्द्रप्रसाद यादव, राजन भट्टराई, प्रभु साह, विजयकुमार सिंह, रेशमबहादुर लामा, अइन्द्रसुन्दर नेम्वाङ र अतहर कलाम मुसलमान रहेका छन् । समितिलाई काम सुरुगरेको १५ दिनभित्र प्रतिवेदन बुझाउने समय तोकिएको छ ।  यसैबीच व्यवस्थापिका संसदको बैठक कात्तिक १४ गतेसम्मकालाथि स्थगित भएको छ ।


  •  
  •  
  •