समावेशी नभएको भन्दै संसदीय सुनुवाइ बहिष्कार

91
  •  
  •  
  •  

काठमाडौं, ३० असोज (ओएनएस) : संसदीय सुनुवाइ विशेष समितिको बैठक प्रारम्भ हुनासाथ साना दलकासभासद्ले संसदीय सुनुवाइ बहिष्कार गरेका छन् ।

समितिका सभापति गोपालमान श्रेष्ठले बैठक प्रारम्भ गर्नासाथ खुम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राईले आयोगका लागि प्रस्तावित पदाधिकारी समावेशी नभएको भन्दै सो सुनुवाइ बहिष्कार गरेको जानकारी दिए ।

त्यसपछि थरुहट पार्टीका गोपाल दहित, तमलोपाका कमलेश्वरपुरी गोस्वामी, राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापा र नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशी बैठक कक्षबाट बाहिरिएका थिए । प्रस्तावित अन्य सदस्यको संसदीय सुनुवाइ शुक्रबार बिहान हुने भएको छ ।


  •  
  •  
  •