संविधानसम्बन्धी प्राप्त नयाँ विषयमाथि वर्गीकरण गरी छलफल

125
  •  
  •  
  •  

काठमाडौं, ८ असोज (ओएनएस) :  विधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा संविधानसम्बन्धी प्राप्त नयाँ विषयमाथि वर्गीकरण गरी छलफल सुरु भएको छ ।

बैठकमा संवाद समिति गठन भएयता विभिन्न माध्यमद्वारा सरोकारवाला निकाय र संस्थासँग संविधान निर्माणका सम्बन्धमा गरेको वार्ता तथा छलफलबाट प्राप्त नयाँ सुझावमाथि छलफल भएको हो ।
पहिलो संविधानसभामा प्रवेश नपाएका विषय, हाल छलफलको क्रममा उठेका नयाँ विषय र विभिन्न सरोकारवाला पक्षसँग भएका सम्झौताका क्रममा उठेका संविधानसम्बन्धी विषयहरुमाथि वर्गीकरण गरी छलफल सुरु भएको समितिका सभापति डा. बाबुराम भट्टराईले बताए ।

समितिले प्राप्त सयाँैको सङ्ख्याका ती विषयलाई वर्गीकरण गरी सम्बन्धित उपसमितिमा पठाउने र यही असोज १४ गतेसम्म बिहानदेखि बेलुकासम्म निरन्तर बैठकमा छलफल गर्ने निर्णय गरेको समितिका सभापति भट्टराईले जानकारी दिए ।

संवाद समिति मातहतका उपसमितिले पहिचान गरेका संविधानमा रहने नवीनतम् अन्तरवस्तुको प्रावधान तथा तत्कालीन संविधानसभाअन्तर्गतको विवाद समाधान उपसमितिले दिएको सुझावमा समेत छलफल सुरु भएको छ ।

समितिको आगामी असोज १० गते बस्ने बैठकमा सहमति हुन नसकेका संविधानमा रहने जटिल विषयहरु न्यायप्रणाली, शासकीय स्वरुप र राज्यको पुनःसंरचनाका विषयमा सहमति भएका र नभएका बँुदाहरु प्रस्तुत गरिने समितिका सचिव मुकुन्दप्रसाद शर्माले बताए ।

यसैगरी समितिले विगतमा र अहिले भएका विभिन्न सशस्त्र समुहसँग संविधानभा विषयमा भएको सहमतिको पहिचना गर्न समिति अन्र्तगत गठिन लक्ष्मणलाल कर्णको नेतृत्वको उपसमितिलाई जिम्मेवारी दिएको छ । समितिलाई १० गतेसम्म प्रतिवेदन बुझाउने समय दिइएको छ ।


  •  
  •  
  •