न्याय प्रणालीमा सहमति जुटाउने प्रयास असफल

113
  •  
  •  
  •  

काठमाडौं ६ असार (ओएनएस) नयाँ संविधानमा कस्तो न्यायप्रणाली अपनाउने भन्ने विषयमा सहमति जुटाउन बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा दलहरुबीच सहमति हुन सकेन् ।
शुक्रवार समितिको कार्यकक्ष सिंहदरवारमा बसेको बैठकमा कांग्रेस र राष्ट्रिय जनमोर्चाबाहेकका दलले संवैधानिक अदालत गठन गर्नुपर्ने अडान राखेका थिए । कांग्रेसले भने संवैधानिक अदालतको काम सर्वोच्चले नै गर्ने भन्दै संवैधानिक अदालत आवश्यक नपर्ने बताएको थियो

अन्य दलले संघीय संरचनको टुंगो नलागसम्म न्यायप्रणालीमा सहमति नहुने बताएपति कांग्रेस नेता अर्जुननरसिंह केसीले न्यायप्रणालीको विषयमा सहमति गर्न संघीय संरचनामा सहमति आवश्यक नरहेको बताए । उनले संघीय अदालत गठन गर्दा सर्वोच्चको क्षेत्राधिकारमाथि हस्तक्षेप हुनेतर्क गर्दै संवैधानिक अदालत आवश्यक नरहेको जिकिर गरे ।

एमालेका केशव वरालले संक्रमणकालको अन्त्य गर्न पनि संवैधानिक अदालत आवश्यक रहेको धारणा राखे । उनले न्यायलयमा हुने भ्रष्टाचार अन्त्य गर्न न्यायपालिका निवारण आयोग गठन गर्नुपर्ने बताए ।

खुम्बुवान राष्ट्रिय मोर्चाका सभासद रामकुमार खुम्बुले मुलुक संघीयतामा गएपछि हुने विवाद समाधान गर्नपनि संवैधानिक अदालत आवश्यक पर्ने जिकिर गरे । उनले सर्वोच्चको काम कानुनको व्याख्या गर्ने हुनुपर्ने तर्क गर्दै प्रदेश र केन्द्रबीच हुने विवाद समाधान गर्नपनि संवैधानिक अदालत आवश्यक हुने तर्क गरे ।
१८ वर्ष उमेर पुगेका नागरिकले राष्ट्रय आवश्यक ठानेको खण्डमा सैनिक तालिम लिनुपर्ने मध्यममार्गी बाटो अपनाएर सहमति गरेको समितिले न्यायप्रणालीको विषयमा भने सहमति जुटाउन सकेको छैन् । समितिको अर्को बैठक आगामी दश गते बस्ने छ ।


  •  
  •  
  •