साहनाको निधनमा संसद्का सबै समितिको बैठक स्थगित

104
  •  
  •  
  •  

काठमाडौं, ७ असोज (ओएनएस) : एमाले नेतृ तथा पूर्व सांसद् सहाना प्रधानको निधन भएपछि संसद्का सबै समितिको बैठक स्थगित भएको छ।

समितिका बैठकमा भाग लिन सभासदहरु संसद सचिवालय पुगेका थिए तर सहानाको निधनमा शोक मान्न अधिकांश समितिको बैठक स्थगित गरिएको हो। एमालेका सभासद्हरु भने थोरै संख्यामा मात्र सचिवालय पुगेका थिए।

आज बिहान अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति र राज्य व्यवस्था समितिको बैठक राखिएको थियो। त्यसबाहेक विभिन्न समितिका उपसमितिहरुको पनि बैठक थियो। एउटा बाहेक सबै उपसमितिको वैठक पनि स्थगित गरिएको छ। महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको शिक्षा उपसमितिको मात्र बैठक बसेको छ।

 


  •  
  •  
  •