संविधानसभा बाहिर रहेका दलसँग आज पनि वार्ता

270
  •  
  •  
  •  

काठमाडौं, २४ असार (ओएनएस) नयाँ संविधानसमा सबैको भावना समेट्न गरी संविधानसभा बाहिर रहेका दलहरुसँग छलफल प्रारम्भ भएको छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्र्तगतको प्रारम्भिक वार्ता उपसमितिले संविधानसभामा भाग लिएका तर प्रतिनिधित्व हुन नसकेका ४२ वटा दललाई छलफलमा बोलाएको छ । ४२ दलमध्ये सोमवार उपसमितिले १२ वटा दलसँग छलफल गरेको छ ।

बाँकी दलहरुसँग आज छलफल गर्ने संसद सचिवालयका प्रवक्त मुकुन्द शर्माले जानकारी दिए ।
नयाँ संधिवानसभा सबै नेपालीको भावनाको प्रतिनिधित्व गर्न संविधानसभा भित्र र बाहिर र बाहिर रहेर राजनीतिक दल, सरोकारवालासँग छलफल गर्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले विभिन्न उपसमिति गठन गरेको छ ।

संवाद समितिले निर्वाचन प्रक्रिया बहिष्कार गरेको नेकपा–माओवादीसँग वार्ता गर्ने तयारी गरेको छ । समितिका सभापति डा. बाबुराम भट्टराईले नेकपा–माओवादीसँग वार्ता गर्न विशेष पहल भइरहेको बताए ।


  •  
  •  
  •