बुटवलमा प्रधानमन्त्रीलाई देखाइयो कालो झण्डा

679
  •  
  •  
  •  

बुटबल, ७ वैशाख(ओएनएस) : बुटवलको एक कार्यक्रममा सम्बोधन गर्दैगर्दा प्रधामन्त्री केपी शर्मा ओलीलाई शनिबार कालो झन्डा देखाइएको छ ।


बुटवलस्थित जितगढी विजयी उत्सवलाई सम्बोधन गर्दैगर्दा प्रधानमन्त्री ओलीलाई एक युवा कडा सुरक्षाका बीच कार्यक्रम स्थल प्रवेश गरी कालो झन्डा देखाएका हुन् ।
उनले ‘उजिरसिंह जिन्दाबाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ लगायतका नारा लगाउँदै कार्यक्रमस्थल प्रवेश गरेका थिए ।

कार्यक्रमस्थलमा प्रधानमन्त्री कालो झन्डा देखाउने अर्घाखाँचीका रुद्र घिमिरेले हुन् ।
कार्यक्रमस्थल प्रवेश गरेर प्रधानमन्त्रीलाई कालो झन्डा देखाउदा समेत प्रहरीले केही जानकारी नपाएपछि प्रधानमन्त्रीले नै ‘ऊ मलाई कालो झन्डा देखाईरहेको छ । तपाईंहरु के हेरेर बस्नु भएको छ ?’ भनेका थिए ।
त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
ती युवाले प्रधानमन्त्रीले सम्बोधन शुरु भएपछि कालो झन्डा देखाएका थिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र नगर प्रहरीले सुरक्षा प्रदान गरेको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्लले अर्घाखाँचीका रुद्र घिमिरेले कालो झन्डा देखाएको भन्दै नियन्त्रणमा लिइएको बताए ।


  •  
  •  
  •