बुटवलका व्यापारी मृत अवस्थामा भेटिए

103
  •  
  •  
  •  

रुपन्देही १७ भदौ (ओएनए) :  बुटवलको अमरपथमा कपडा व्यवसाय गर्दै आएका एक व्यापारीको शब मृत अवस्थामा भेटिएको छ । बुटवलको राममन्दिरलाईनमा दिनेश बस्त्रालय नामको पसल संचालन गर्दै आएका ५८ बर्षिय दिनेश श्रेष्ठ दुई दिन अघि बुटवलको बसपार्क क्षेत्रबाट सम्पर्क विहिन रहेको भन्दै खोजी भैरहेको थियो ।

बुटवल उधोग बाणिज्य संघका पुर्व कार्यसमिति सदस्य तथा बुटवल जेसिसका पुर्व अध्यक्ष समेत रहेका श्रेष्ठको दुईदिन पछि मृत अवस्थामा पानीमा दुवेरको अवस्थामा शव भेटिएको हो । बुटवलको नयां बसपार्क पछाडि रहेको होटल डार्सिजमा आयाजित एक परिवारिक पार्टिमा सहभागि भई राती ११ बजे बुटवल वडा न ६ भुवनेश्वरी मार्गस्थित आफ्नो घर हिडेका श्रेष्ठ एक्कासी सम्पर्क विहिन भएका थिए ।

घरपरिवार तथा साथीभाईहरुले निरन्तर खोजी गरेपछि उनको दुई दिन पछि मंगलबार बिहान रुपन्देहीकै तिलोत्तमा नगरपालिकाको महुवारीस्थित नहरमा शब भेटिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । श्रीमतिसहित जन्मदिनको पार्टि खान होटलमा पुगेका श्रेष्ठ श्रीमति छिटो घर गएपनि अवेर सम्म त्यहि बसेको बताइएको छ ।

शबको पोष्टमाटम बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा भएको छ भने घटनाको थप अनुसन्धान भैरहेको बताइृएको छ । अफन्तजनले कसैले अपहरण गरि हत्या गरेको दावी गरेका छन् । यस विषयमा प्रहरीले भने अनुशन्धान भैरहेको बताएको छ ।


  •  
  •  
  •