बुटवलमा सडक खाना महोत्सव

73
  •  
  •  
  •  

रुपन्देही । लुम्बिनी भ्रमण वर्ष तथा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउने लक्ष्यसहित होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले दोस्रो सडक खाना महोत्सव आयोजना गर्ने भएको छ ।

संघले आउँदो पुस १४ गते देखि १६ गते सम्म ३ दिने सडक खाना महोत्सव गर्ने भएको संघका अध्यक्ष समुन्द्र जिसीले बताए ।

सडक खाना महोत्सव बुटवलमा आयोजना गरिने र गत वर्षको अनुभवलाई मध्य नजर गरि यस वर्ष सडक खाना महोत्सवलाई थप व्यवस्थित गरिने महा सचिव माधव कुमार खनालले बताए ।

गत वर्ष आयोजना गरिएको एक दिवशीय खाना महोत्सवमा ५५ वटा व्यवसायीक स्टलको व्यवस्था गरिएको थियो भने डेढलाख दर्शकले अवलोकन गरि १ करोडको कारोवार भएको संघका कोषाध्यक्ष टंक प्रसाद पराजुली प्रकाशले बताएका छन् ।

यस वर्षको खाना महोत्सवमा २ लाख दर्शकलाई अवलोकन गराई ३ करोडको कारोवार गर्ने लक्ष्य लिएको समेत कोषाध्यक्ष पराजुलीले बताए ।

खाना महोत्सवमा विभिन्न जात जातीका खानाका परिकारका साथै बुटवललाई चिनाउने गरि विशेष परिकार उपभोक्तालाई पस्किने गरि तयारी गर्न शुरु गरिएको अध्यक्ष जिसीको भनाई छ ।

यसै बीच संघको बिहिबार बसेको बैठकले महिलाहरुको महान चाड हरितालिका तीजलाई सभ्य र व्यवस्थित तवरले मनाउने गरि यही भाद्र ८ गते आईतवारका दिन बुटवलको ईंटाभट्र्टी स्थित एशियन पार्टी प्यालेसमा आयोजना गर्ने निर्णय गरिएको कार्यक्रम संयोजक बाबुराम गौतमले बताए । संघले आयोजना गरेको तीज मिलन कार्यक्रमा महिला दिदी बहिनीहरुलाई उपस्थितीका लागि कार्यक्रककी सहसंयोजक लक्ष्मी रिजालले आहवान गरेकीछन् ।

यसैबीच होटल तथा रेष्टुरेण्ट व्यवसाय पर्यटन व्यवसाय भएकाले यस व्यवसायलाई मर्यादित र उपभोक्ता मैत्री बनाउन संघले साप्ताहिक रुपमा अनुगमनलाई तिब्रता दिएको विकृति विसंगती न्यूनिकरण उपसमितिका संयोजक विष्णु अधिकारीले बताए ।


  •  
  •  
  •