केकी, प्रियंका र निशाले लगाउने भए माल्भिकाको बुट्टेजामा

139
  •  
  •  
  •  

कमेडी जनरामा आधारित रहेर चलचित्र’ ‘HOW FUNNY ‘ बन्ने भएको छ । चलचित्र मार्फत कलाकार निलु डोल्मा शेर्पाले निर्देशकको रुपमा नेपली रजतपटमा डेब्यु गर्दै छिन । कमेडी संगै सामाजिक सन्देशमुलक भनिएको यो चलचित्रको आइतवार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत निर्माण घोषणा गरिएको हो ।

चलचित्र’ ‘HOW FUNNY ‘ मा दयाहाङ राई, निशा अधिकारी, केकी अधिकारी, अनुप बिक्रम शाही र प्रियका कार्की लिड रोलमा अभिनयमा हुनेछन । निर्माण घोषणा कार्यक्रममा निशा बाहेकका सबै कलाकार सिनेमामा रहने आफ्नो ‘गेटअप’ क साथ उपस्थित थिए, एक टेलिभिजन सिरियलको सुटिंगको लागी काठमाडौँ बाहिर हुनु परेकोले निशा भने कार्यक्रममा उपस्थित हुन् पाईनन ।

त्यसो त यो चलचित्र मार्फत कुनै पनि ट्याग भिरेर पुर्व मिस नेपाल माल्भिका सुब्बा नेपाली रजतपटमा आउदै छिन । चलचित्रमा उनी कार्यकारी निर्माताको रुपमा छिन । आङ नुरु शेर्पा, छिरिङ्ग लमु शेर्पा र निमा टासी शेर्पा यो चलचित्रमा निर्माताको रुपमा छन् । चलचित्रको परिकल्पना निलु डोल्मा शेर्पाको नै हो, भने कथालाई सहन बस्नेतले लेखेका हुन् ।

मङ्सिर ३ गतेबाट छायांकनको सुरुवात गर्न लागिएको यो चलचित्रलाई यो बर्ष भित्रै रिलिज गरिने तयारी स्वरुप कम अगाडी बढाईने निर्देशक डोल्माले बताईन ।


  •  
  •  
  •  

Comments are closed.