बुटबलमा प्रदर्शनीको तयारी अन्तिम चरणमा

248
  •  
  •  
  •  

रुपन्देही , २३ मंसिर (ओएनएस) : बुटवलमा अर्काे महिना हुने प्रदर्शनी तथा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन ।

रुपन्देही उद्योग संघ बुटवल र नेपाल उद्योग परिसंघ काठमाडौंको संयुक्त आयोजनामा बुटवलमा हुन लागेको तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सवको तयारीका सम्वन्धमा आयोजकले मंगलवार बुटवलमा पत्रकार सम्मेलन गरी आयोजकहरुले प्रर्दशनी तथा महोत्सवको तयारी तीव्र भइरहेको जनाए ।

‘स्वदेशी उत्पादन प्रयोग गरौं, राष्ट्रिय अर्थतन्त्रको विकास गरौं’ भन्ने मूल नाराका साथ पुस ७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा पांचसय स्टल रहने रुपन्देही उद्योग संघका अध्यक्ष एवं महोत्सवका संयोजक बोनिन पियाले बताए । पत्रकार सम्मेलनमा वोल्दै उनले ४ सय ६० वटा स्टल दर्ता भइसकेको र २५ गतेसम्म मात्र स्टल दर्ता गरिने बताए । उनले ५ लाख दर्शक भित्राउने लक्ष्य सहित तयारीमा जुटेको बताए ।

करीब ४० जिल्लाका स्टलहरु राख्ने तयारीमा आफूहरु लागेको उनले बताए । महोत्सवका लागि स्थायी प्रदर्शनीस्थल नहुंदा अस्थायी संरचना निर्माण र अन्य व्यवसथापनमा गरी करिब १ करोड खर्च लाग्ने संघले जनाएको छ । पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष दिनेशराज रेग्मी, उपाध्यक्ष गणेशप्रसाद अधिकारी, महासचिव विष्णुकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष तेजकुमार पाठकलगायतले प्रर्दशनीको तयारीका बारेमा प्रकाश पारेका थिए ।


  •  
  •  
  •