औद्योगिक प्रदर्शनीमा १५ करोडको कारोबार

455
  •  
  •  
  •  

रुपन्देही ,२२ पुस (ओएनएस) रुपन्देही उद्योग संघ बुटवल र नेपाल उद्योग परिसंघ काठमाडौंको संयुक्त आयोजनामा बुटवलमा आयोजित तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव मंगलबार सम्पन्न भएको छ ।

पुस ७ गतेदेखि बुटवल १२ रामनगरस्थित बुटवल मण्डपमा सञ्चालित प्रदर्शनी साढे ५ लाख दर्शकले अवलोकन गरेका र १५ करोड रुपैयां बराबरको आर्थिक कारोबार भएको रुपन्देही उद्योग संघले जनाएको छ ।

प्रदर्शनीमा देशका २३ जिल्लाबाट कृषिजन्य, हस्तकला, ठूला औद्योगिक प्रतिष्ठान, गार्मेन्ट, खाद्यान्न,सुचना प्रविधि, बैंक तथा कन्सल्टेन्सी, छाला जुत्ता चप्पल,फर्निचर,बेकरी, होटल तथा रेष्टुरां,हर्बल,प्लास्टिक,आयुर्वेद,सुचना केन्द्रका गरी ५ सय २६ स्टल सहभागी थिए ।

समापन समारोहमा उत्कृष्ट उद्योग,प्रविधि र महिला उद्यमीहरुलाई पुरस्कृत गरिएको छ । सहभागी उद्योगमध्ये ग्रिन वेल्थ इण्डष्ट्रिज, ललितपुर प्रथम, कपिलवस्तु ग्लास फाइबर इण्डष्ट्रिज बुटवल दोस्रो, एल्जी ब्युटी सोपको उत्पादक ओम शोप इण्डष्ट्रिज सिक्टहन रुपन्देही तेस्रो तथा मिलन हेण्डी क्राप्mट,रुपन्देही, नेपाल अपाड्ड आश्रम बुटवल र रोटरी क्लव अफ तिलोत्तमा,रुपन्देही (गाई संरक्षण अभियान) सान्त्वना भएका छन् ।

यस्तै उत्कृष्ट महिला उद्यमीतर्फ हस्तकला नेपाल प्रा.ली., चितवन र नेपाल महिला मगर संघ रुपन्देही पुरस्कृत भएका छन् । प्रविधि उद्योगहरुमध्ये रुपानी इन्जिनियरिड्ड बुटवल, कृषि उद्योगबाट थाप्ले लालीगुरास आमा समूह गुल्मी, हस्तकला उद्योगबाट एम.बि. हस्तकला उद्योग बुटवल, संस्कृति/परम्परातर्फ बि.जी.गु्रप गुल्मी, होटल तथा रेष्टुरण्टतर्फ नाङ्लो वेष्ट उत्कृष्ट भई पुरस्कृत भएका छन् । यस्तै सजावटतर्फ गल्फ ट्रेड आल्मुनियम किचन क्याबिनेट शंकरनगर रुपन्देही प्रथम भएको छ ।

उत्कृष्ट उद्योग र उद्योगीहरुलाई सभासद एवं कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा,रु पन्देही उद्योग संघका अध्यक्ष बोनिन पिया लगायतले पुस्कार र प्रमाणपत्र प्रदान गरे ।

सभासद थापाले संविधान निर्माणपछि देशमा आर्थिक समृद्धि र औद्योगिक विकासको ढोका खुल्ने बताए । उनले नेपालमा प्राकृतिक स्रोत सम्पदा र युवा जनशक्ति, चीन र भारत जस्ता दुई ठुला छिमेकी देशहरु बजारको रुपमा रहेकाले लगानीकर्ताका लागि नेपालमा ठूलो अवसर रहेको प्रष्ट पारे ।

रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पियाले रुपन्देहीमा औद्योगिक विकासको प्रचुर सम्भावना रहेपनि औद्योगिक क्षेत्र विस्तार हुन नसक्दा लगानी अवरुद्ध हुन पुगेकाले यथाशीघ्र औद्योगिक क्षेत्रको विस्तार र नयाँ औद्योगिक क्षेत्र निर्माणमा राज्यको ध्यान जानुपर्ने आग्रह गरे ।

संघका पुर्व अध्यक्ष सतिशचन्द्र कशौधनले स्वदेशी उद्योगको संरक्षण र सम्बद्र्धन, उत्पादनको बजारीकरणसंगै उद्यमशिलताको विकासका लागि रुपन्देही उद्योग संघले २०४५ सालदेखि शुरु गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनी अहिले देशब्यापी हुंदै राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुराएको बताए ।


  •  
  •  
  •