तीन हजारलाई व्यवसायीक तालीम अवसर

218
  •  
  •  
  •  

रुपन्देही, पुस ११ (ओएनएस) : पश्चिमाञ्चलका रुपन्देही लगायतका १६ जिल्लामा संचालन हुने निशुल्क सिप विकास परियोजना अन्र्तगत रहेको छोटो अवधिका बजारमुखि व्यवसायिक तालिमको शुक्रबार बुटवलमा उद्घाटन गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्र्तगतको रहेको परियोजनामार्फत संचालन हुने विभिन्न ३१ प्रकारका तालिमको परियोजनामा निर्देशक दिवतकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । देउराली जनता प्राविधिक शिक्षालयरुपन्देहीको नेतृत्वमा संचालन हुने तालिममा सहभागि भएकाहरु मध्ये ८० प्रतिशत स्वरोजगार हुने दावी गरिएको छ ।

परियोजना अन्र्तगतको तालिम एशोसियट सिनर्जि नेपाल, जिनियस मल्टि टेक्नीकलइन्ष्टिच्युट, एलवी माटेन इलेक्ट्रोनीक, एलआईटीभिटी लगायतका संस्थाकोसाझेदारीमा संञ्चालन हुने छन् । सन् २०१६ भित्र सम्पन्न हुने परियोजना अन्र्तगतरहेका विभिन्न थरिका ३१ वटा तालिममा ३ हजार ४ सय २० जना सहभागि हुने छन्भने पहिलो चरणमा अहिले १ हजार ८० जनाले तालिम लिन सुरु गरेका देउरालीकाडेपुटी डाइरेक्टर खेम थापाले जानकारी दिए ।

तालिम अन्र्तगत रुपन्देहीमा हातेकडाई, व्यूटिसियन, पुर्व बालबालिका सहजकर्ता, स्टार्फ फेल्डर लगायतकातालिम संचालनमा रहेका छन् । डेपुटी डाइरेक्टर थापाका अनुसार तालिमलिएकाहरुले तालिम पश्च्यात ४ हजार ६ सय कमाउन सक्ने छन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले विगतका वर्षहरुमा पनि कार्यक्रम संचालन गर्दै आएको संस्थाले वेरोजगार युवायुवतीहरुलाई तत्काल आम्दानी हुने खालाका तालिमको संचालनले वेरोजगारी समस्यामा समाधान हुने बताएका थिए । यस्तो खालका तालिममा सहभागी हुनका लागि वेरोजगार युवायुवतीहरुको निकै आर्कषण देखिएको पनि जानकारीदिइएको छ ।


  •  
  •  
  •