नयाँ वर्षमा बससेवाको उपहार योजना, टुर प्याकेज र क्यासब्याक अफर पाइने

258
  •  
  •  
  •  

काठमडौं,  ८ चैत (ओएनएस) : अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले नयाँ वर्षको उपलक्ष्यमा उपहार योजना सार्वजनिक गरेको छ ।

बससेवाका अनुसार यो योजना यहि चैत्र १० गते मंगलबारदेखि २०७२ बैशाख १० गते बिहिबारसम्म लागु हुनेछ । यो अवधिमा अनलाइनबाट टिकट काट्ने व्यक्तिमध्येबाट २ जोडिलाई पोखराको तीनदिने टुर प्याकेजमा सहभागि गराइने बससेवाले जनाएको छ । साथै ५ जनालाई शत प्रतिशत क्यासब्याक र अन्य १० जनालाई टिकट मूल्यको ५० प्रतिशत क्यासब्याक हुने बससेवाले जनाएको छ ।

विजेताहरूको चयन यस योजना अवधिपछि गोलाप्रथाद्धारा गरिनेछ । उपहार योजना सार्वजनिकका विषयमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पर्शुराम खनालले भन्नुभयो “अनलाइन टिकटिङ सेवा सुरू गरेको छोटो अवधिमै सफल हुँदै गएको र घरबाटै टिकट काटि गन्तब्यमा पुग्ने सकिने सेवालाई अझ विस्तार गर्न तथा यात्रुहरुमा नयाँ वर्षको खुसी साट्नको लागि यो योजना सुरू गरिएको हो ।”

बससेवाले विगत ८ महिनादेखि नेपालमा अनलाइनबाट बस टिकट काट्न सकिने प्रविधिको सुरूवात् गरेको छ । जसको माध्यमबाट आफु जाने बसको टिकट घरमै बसेर वा नजिकैको साइबर, कम्युनिकेशन सेन्टर तथा ट्राभल एजेन्सीबाट टिकट खरिद गर्न सकिन्छ । हाल दैनिक ३०० सयको हाराहारिमा बससेवामार्फत् अनलाइनबाट टिकट काटि यात्रुहरुले यात्रा गर्दै आइरहेको बससेवाले जनाएको छ ।

बससेवाले हाल देशभरका १५० भन्दा बढि यातायात व्यवसायीहरूसँगको सहकार्यमा मुलुकका मुख्य रूटहरूमा बसको टिकट सरकारले तोकेको अर्थात् काउन्टरको दरमा नै अनलाइनमार्फत् उपलब्ध गराउदै आएको छ । बससेबा मार्फत् अनलाइन टिकट काट्ने प्रक्रिया निकै सरल रहेको छ । यात्रुले बससेवा डटकममा गइ आफु जाने गन्तब्य अथवा स्थान, मिती लगायत मागिएका विवरण भरेर ई(सेवा मार्फत् रकम भुक्तानी गरि टिकट काट्न सकिनेछ ।

ई–सेवाका देशभर ९ हजार भन्दा बढि जोन तथा पोइन्टहरू रहेको हुंदा ती एजेण्ट नेटवर्क मार्फत् समेत टिकट काट्न सकिनेछ । यात्रुले टिकट काटिसकेपछि बससेवाले उपलब्ध गराएको टिकट प्रिन्ट गर्नु पर्नेछ । साथै यात्रु र सवारीधनीको मोबाइलमा समेत टिकट काटिएको एसएमएस् जानेछ । जसले गर्दा बिनाकुनै झण्जट यात्रुहरुले आफुले काटेको बसमा आरामदायी यात्रा गर्न सक्नेछन् ।

बससेवाका विशेषताहरू  ( टिकट काउन्टरको दरमा नै अनलाइनबाट टिकट खरिद गर्न सकिने । ( घरमै बसेर वा नजिकै रहेको साइबर, कम्युनिकेशन, ट्राभल एजेन्सीमा गएर आफुले चाहे अनुसारको बस टिकट काट्न सकिने ।

( विदेशबाट पनि टिकट काट्न सकिने । ( ई टिकट मार्फत् ९यात्रुको मोबाइलमा आउने म्यासेजले समेत० यात्रा गर्न सकिने ( घरबाटै टिकट काटी अनलाइन मार्फत् नै रकम भुक्तानी गरि काउन्टरमा गएर लाइन नबसी सिधै बसमा चढि यात्रा गर्न सकिने ।


  •  
  •  
  •