सांसदले नै पाएनन् दसैंमा घर जाने टिकट

61
  •  
  •  
  •  

काठमाडौं १ असोज ।

सभासदहरुले दसैंका घर जान बसको टिकट नपाएको बताएका छन् । व्यवस्थापिका संसदको विकास समितिमा मंगलबार उनीहरुले दसैंका लागि घरजाने टिकट सर्वसाधारण मात्र हैन, आफूहरुले समेत नपाएको बताए ।सभासद गुरु बुर्लाकोटीले लामो दुरी मात्र होइन छोटो दुरीका लागि पनि टिकट नपाएको भन्दै गुनासो गरे ।उनी धादिङका सभासद हुन् । यसैगरी भक्तबहादुर विश्वकर्माले घरजानका लागि टिकट मिलाईदिन मोवाइलमा ५०० सम्म म्यासेज आउने गरेका बताए । झापाका सभासद विश्वकर्माले समितिका सभापति रवीन्द्र अधिकारीलाई टिकट मिलाईदिन अनुरोध गरे । यसैगरी कल्पना सोवले पनि दसैंमा घर जाने व्यवस्था मिलाईनदिन सभापतिलाई अनुरोध गरिन ।
उनी डोटीकी सभासद् हुन् । सभासद्हरुको गुनासोपछि चाडपर्वलाई दृष्टिगत गर्दै व्यवस्थापिका संसद्को विकास समितिअन्तर्गतको क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन उपसमितिले यात्रुका लागि सहज रुपमा टिकटको व्यवस्था र यात्रुको पीरमर्का सुन्न सरोकारवाला निकायालई निर्देशन दिएका छन् ।अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •