सोमबारबाट दसैँका लागि अग्रिम टिकट बुकिङ, हेर्नुहोस् कुन रुटको कति भाडा ?(सूचीसहित)

116
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौं । दसैँका लागि सरकारले असोज ११ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्दैछ।
यातायात व्यवस्था विभागले दसैँ मान्न घर जाने यात्रुका लागि भोलिबाट सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यो निर्णय यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँग विभागमा भएको बैठकपछि लिइएको हो।
अग्रिम टिकट बुकिङ खुला हुने भएपछि सरकारले यसअघि समायोजन गरेको भाडादर नै कायम गरेको छ। सरकारले गत असारदेखि सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरेको छ।यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको भए पनि अन्तर प्रदेशको भाडा समायोजन लागू हुन सकेको थिए। हाललाई सोही समायोजित भाडादर लागू हुने विभागले जनाएको छ।


  •  
  •  
  •