नेपाल र भारतविच मंगलवार मोटर सम्झौता हुँदै

620
  •  
  •  
  •  

sajhayatatकाठमाडौं, ९ मङसिर(ओएनएस): नेपाल र भारतविच मंगलवार मोटर सम्झौता हुँदै छ ।

दुई देशका सवारी साधनलाई एक अर्काको रुट प्रयोगमा सहज गराउने उद्देश्यका साथ सम्झौता गरिन लागेको हो ।

मङगलबार दुवै देशका उच्चस्तरिय प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएपछी यसको घोषणा गर्ने कार्यक्रम छ । हस्ताक्षरपश्चात प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा काठमाडौ दिल्ली बससेबा सञ्चालनको घोषणा गर्नेछन् ।

सो बस वेलुका ५ बजेर ४० मिनेटको सो बस सिंहदरबारदेखी दिल्लीका लागि छुट्ने छ ।

दुई देशबीच मोटर सम्झौता भएसँगै पर्यटन प्रवद्र्वनमा  सहयोग पुग्ने विश्वास लिइएको छ । सम्झौतामा पोखरा र दिल्ली तथा काठमाडौं देखि वाराण्ँसी सम्म बससेवा सञ्चालन हुने भनिएपनि तत्कालका लागि काठमाडौं र दिल्ली सेवा सञ्चालन गरिने बताइएको छ ।


  •  
  •  
  •  

Comments are closed.