गुडिरहेको बस घरभित्र छिरेपछि……

300
  •  
  •  
  •  

काठमाडौं २० मंसिर ।
झापाको कन्काई नगरपालिका–३ सुरुङ्गा बजारमा हरिप्रसाद ढकालको घरमा मे१ख ३८० नम्बरको यात्रुवाहक बस पस्दा नौ जना यात्रु घाइते भएका छन् ।

अत्याधिक रक्सी पिएका चालक हाँकेको बस अनियन्त्रित भर्इ ढकालको घरभित्र पस्दा कन्काई नपा–४ इलुवाबारीकी रेनुका खनालसहित घाइते भएका हुन् । गम्भीर घाइते खनालको विर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अत्यधिक रक्सी पिएर मातेका बस चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख नवीनकुमार घिमिरेले जानकारी दिए ।

दुर्घटनाबाट ढकालको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ढकालका परिवार बस घरभित्र छिर्दा घरबाहिरै रहेकाले उनको परिवारमा मानवीय क्षति भने हुन पाएन ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •