हर्न बजाएको भन्दै बस चालकको हत्या

89
  •  
  •  
  •  

murder of bus driverकाठमाडौ, ९ असार(ओएनएस) : बसको हर्न बजाएको निहुँमा एक चालकको हत्या गरिएको छ । भारतको उत्तर प्रदेशको कौशाम्बीको मंझनपुरमा ती बस चालकको कुटेर हत्या गरेका हुन् ।

घटनापछि ती चालकको शव सडकमा राखेर सडक आवातजावतमा प्रतिबन्ध लगाएका छन् । हत्या र हत्या घटनापछिको स्थितिबारे जानकारी प्राप्त गरेपछि प्रहरी टोली पुगेर घटनाको जाँच सुरू गरेको भारतीय सञ्चारमाध्मयले जनाएका छन् । प्रहरीले ती चालकको शव नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएका छन् ।

रमेश नामका बस चालकले आफ्नो बस निकालिरहँदा मुख्य चोकमा केही मानिसलाई देखेर हर्न बजाएका थिए । यसबाट रिसाएका केसर र वकिल नामका दुई युवकले उनलाई पिट्न थाले । पिटाइका कारण चालक रमेशले घटनास्थलमा नै आफ्नो प्राण त्यागे । यसपछि रमेशका गाऊँका मानिसहरू आक्रोशित भए र दुवै पक्षपछि झडप समेत भएको थियो ।

प्रहरीका अनुसार रमेशसँग केसर र वकील नामका युवकसँग गाडी राख्ने विषयमा झगडा भएको थियो । त्यसको भोलीपल्ट रमेशको हत्या भएको हो । प्रहरीले घटनाको जाँच गरिरहेको छ । आरोपीहरूलाई चाँडै नै पक्राउ गरिने प्रहरीले जनाएको छ ।


  •  
  •  
  •