काठमाडौं आउँदै गरेको बस धादिङमा आगलागी(भिडियोसहित)

84
  •  
  •  
  •  

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आगलागी भएको छ।
सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा आइतबार बिहान एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए।

हेर्नुहोस् भिडियो


  •  
  •  
  •