भारदहमा बस दुर्घटना, एकको मृत्यु, ९ घाइते

154
  •  
  •  
  •  

सप्तरी, ११ मंसिर(ओएनएस) : सप्तरीको भारदहमा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।

सिन्धुलीबाट काँकडभिट्टातर्फ आउदै गरेको ना. ५ ख १६६४ नम्बरको यात्रुबाहक बस भारदह १ स्थित पूर्व पश्चिम राजमार्गमा अचानक अनियन्त्रित भई दुर्घटना हुँदा उक्त बसमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकको सनाखत हुन सकेको छैन । उनको शव पोष्टमार्टमकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

दुर्घटनामा बसका ९ जना यात्री घाइते भएकाले उनीहरूको सोही प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय भारदहबाट प्रहरी टोली खटिगई उद्दार गरिएको छ भने बसका चालक फरार भएकाले प्रहरीबाट उनको खोजी भइरहेको छ ।


  •  
  •  
  •