बस दुर्घटनामा १० घाइते, २ गम्भिर

149
  •  
  •  
  •  

नवलपरासी, १२ कात्तिक(ओएनएस) : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा भएको सवारी दुर्घटनामा १० यात्रु घाइते भएका छन् । नवलपरासीको देवचुली नगरपालिका वडा नं २ मा आज बिहान यात्रुबाहक बस अनियन्त्रित भई कल्भर्टमा ठोक्किँदा १० जना यात्रु घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौँका लागि हिडेको ना ४ ख ७७१५ नम्बरको यात्रुबाहक बस तीव्र गतिका कारण दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा परी दुई जना गम्भिर घाइते भएका छन् भने घाइतेहरूको चितवन मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बस चालक भने फरार रहेका छन् । बसमा ४० जना सवार रहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •