काठमाडौँ, ५ चैत(ओएनएस) : काभ्रेको पाँचखालमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
दोलखाको मेलुङबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ७९३८ नम्बरको यात्रुबाहक बस पाँचखाल-४ केराघारीमा सडकबाट १० मिटर तल खस्दा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा डाँडाखर्ककी सुष्मा विक र सहचालकको मृत्यु भएको हो । सहचालकको नाम खुल्न सकेको छैन् ।
प्रहरीको टोलीले घाइतेको उद्धार गरिरहेको छ । बसमा ७० यात्रु थिए । गिरीका अनुसार, बिहान साढे ७ बजे छुट्नुपर्ने गाडी ८ बजे छुटेकाले तिब्र गतिमा आइरहेको थियो । बसले मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते छन् । घाइतेको धुलिखेल र शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।