गोरखामा बस पल्टिँदा ४ को मृत्यु, २२ घाइते

63
  •  
  •  
  •  

काठमाडौं, १४ भदौ(ओएनएस) : गोरखाको खान्चोकमा बस पल्टिँदा ४ जनाको मृत्यु भएको छ । आरुघाटबाट गोरखा सदरमुकाम जाँदै गरेको ना ४ ख १३९५ नम्वरको बसपल्टिँदा ३ जनाको घटनास्थलमै र १ जना उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

२ जना महिला,१ पुरुष र एक वच्चाको मृत्यु भएको घटनास्थलमा रहेका एमाओवादी गोरखाका सदस्य प्रेमचन्द्र श्रेष्ठले जानकारी दिए । त्यस्तै घाइतेमधये ५ जनाको अवस्था गम्भिर रहेको उनले बताए । घाइतेमध्ये केहिलाई उपचारका लागि सदरमुकाम लगिएको छ । प्रहरी र स्थानीय बासिन्दा उद्वारमा जुटेको बताइएको छ । क्षतिको एकिन विवरण आउन नसकेको प्रहरीले जानकारी दिएको छ । बस विहान ब्करिब १० बजे पल्टिएको थियो । बस सडकबाट डेढसय मिटर तल पुगेको उनले जानकारी दिए । बसमा कम्तिमा २६ जना सवार थिए ।


  •  
  •  
  •