जन्ति बस दुर्घटना, बसचालकको मृत्यु

158
  •  
  •  
  •  

धनकुटा, १५ बैशाख(ओएनएस) : कोशी राजमार्गको धरान-धनकुटा सडकखण्डमा जन्ति बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

उक्त सडकखण्डको धनकुटा नगारपालिका-३ आतमाराढाट नजिक भएको बस दुर्घटनामा बस चालकको घटनास्थलमा नै मृत्यु भएको हो ।

धनकुटाको जीतपुरबाट इटहरी जन्ती जाँदै गरेको पाथीभरा एक्सप्रेसको को १ ख २९३३ नम्बरको बस दुर्घटना विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई साइड दिने क्रममा भएको बताइएको छ ।

बसमा करिब ३० जना रहेको तर के-कति घाइते छन् भन्नेबारे केही थाहा हुन सकेको छैन् । दुर्घटनामा परी घाइते भएका २ जनाको स्वास्थ्य अवस्थ भने गम्भीर रहेको छ ।

घाइतेहरुलाई उपचारको लागि धनकुटा अस्पताल लगिएको छ ।


  •  
  •  
  •