सुर्खेतमा फेरि दुर्घटना, बस भीरबाट खस्यो

171
  •  
  •  
  •  

सुर्खेत ९ पुस (ओएनएस) :  सुर्खेतमा फेरि बस दुर्घटना भएको छ । नेपालगञ्जबाट जुम्लातर्फ आउँदै गरेको बस गएराती भीरबाट खसेको छ । बस भीरबाट खस्दा ११ जना घाइते भएका छन्। मध्यपश्चिम यातायात व्यवसायी समितिको भे १ ख १३७० नम्वरको यात्रु बस कर्णाली राजमार्ग अन्तर्गत बाङ्गेसिमल नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

राती १२ बजे वीरेन्द्रनगर नगरपालिकाको बाङ्गेसिमल नजिकैको भिरबाट खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घाइते भएका ११ जनाको राती नै उद्धार गरी मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा भर्ना गरिएको छ।

घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । बसका चालक फरार छन् ।


  •  
  •  
  •