भेरीमा बस खस्दा ६ को मृत्यु, उद्धार गरिएका १० को सुर्खेतमा उपचार हुँदै (अपडेट)

189
  •  
  •  
  •  

जाजरकोट, ४ मंसिर :  जाजरकोट भुर गाबिसस्थित भुतचौर भन्ने ठाउँमा बस दुर्घटना हुदा ६ जनाको ज्यान गएको छ । सदरमुकाम खलंगाबाट सुर्खेतको राकमका लागी बिहिबार बिहान ६ बजे छुटेको ना २ ख १४०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्युहुनेहरुको सनाखत हुन सकेको छैन ।

बस सडकबाट करीव ४५ मीटर तल भेरी नदीमा डुवेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख दिनेशराज मैनालीले जानकारी दिनु भयो । सदरमुकामबाट ३५ जनाको चलानी बुझेको बसमा बिच बाटोमा धेरै यात्रु थपेको बताइएको छ । प्रहरी तथा स्थानीयहरुले १० जना घाइतेहरुलाइ उद्वार गरी उपचारकालागी सुर्खेत पठाएको प्रहरीले जानकारी दिएको छ ।

घटना स्थालमा अहीले नेपाल प्रहरी, नेपाली सेना लागयत स्थानीयहरुले उद्वार कार्य जारी राखेका छन ।

बसभित्र रहेकाको जिवितै उद्वार गर्न सकीने सम्भावना नरहेको बताइएको छ । बसलाइ बहीर निकाल्नाको लागी कठमान्डैबाट नेपाली सेनाको हेलीकप्टर ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


  •  
  •  
  •