धादिङको सिम्लेमा दुर्घटना, चालक सहित ५ जनाको मृत्यु

62
  •  
  •  
  •  

काठमाडौं, १३ असोज (ओएनएस): पृथ्वी राजमार्ग अन्तर्गत धादिङको भुमेस्थान गाविस वडा नम्बर ६ सिम्लेमा दुई ओटा बस आपसमा ठोकिदा पाँच जनाको मृत्यु भएको छ । काठमाण्डौबाट काकडभित्ताको लागि छुटेको ना ५ ख ४३८४ नम्बरको बस र बेनीबाट काठमाण्डौ आउँदै गरेको ७६३३ नम्बरको बस आपसमा ठोकिदा पाँच जनाको घटना स्थलमै मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा काठमाडौंबाट काँकडभिट्टाका लागि छुटेको बसमा सवार आमाछोरी र  बेनीबाट काठमाडौं छुेटको बसका चालक सहित ३ जना रहेका प्रहरीले जनाएको छ । ज्यान गुमाएकाहरुको सनाखत हुन सकेको छैन ।

मृत्यु हुनेमा बेनिबाट काठमाण्डौ आउँदै गरेको बसको चालक समेत रहेका छन् । दुर्घटनामा १५ जना भन्दा यात्रु घाइते भएका छन् । घाइते मध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिनएको छ । तीव्र गतिमा रहेको बस अनियन्त्रित भएर ठोक्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुको उद्धार गरी उपचारको लागि स्थानीय स्वास्थ्य सस्था र काठमाण्डौ तर्फ लगिएको प्रहरीले जनाएको छ ।

 


  •  
  •  
  •