बस दुर्घटना हुँदा १० घाइते

113
  •  
  •  
  •  

चितवन, २६ भदौ : चितवनको दारेचोक–३ कुरिनटारमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा १० यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेहरुको अहिले चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । इलामबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ७१३७ नम्बरको बस दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकको दायाँतर्फ पल्टिएको र अहिले उद्धारकार्य जारी रहेको छ । घटनाको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •