कैलालीकाे सहजपुरमा बस दुर्घटना, दुईको मृत्यु, २० घाइते

138
  •  
  •  
  •  

accidentडडेल्धुरा, ८ भदौ (ओएनएस) : कैलालीको सहजपुरमा आस यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ ।

दुर्घटनामा परि २० जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहको छ ।

धनगढीबाट डोटीको बागछेडा जाँदै गरेकोना ४ ख ५६३५ नम्बरको बस भीमदत्त राजमार्गको कैलाली सहदपुर गाउँपालिकामा दुर्घटना भएको हो ।

दुर्घटनामा परि दुर्घटामा परि डोटीका ६० वर्षीय नरबहादुर देउवा र कैलालीका ४८ वर्षीय दुर्गादेवी मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अत्तरिया र धनगढीका अस्पतालमा उपचार भइरहेको छ ।


  •  
  •  
  •