नेपालगञ्जदेखि लखनउसम्म मैत्री बस सेवा

193
  •  
  •  
  •  

बाँके । नेपालगञ्जदेखि भारत उत्तरप्रदेश राज्यको राजधानी लखनउसम्म मैत्री बस सेवा शुरु गरिएको छ ।
भेरी यातायात प्रालिले उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौता अनुसार आइतवारदेखि
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले मैत्री बसको शुभारम्भ गरेका थिए ।

प्रालिका अध्यक्ष राजेन्द्र गिरीका अनुसार विहान ८ बजे नेपालगञ्जबाट बस छुट्ने छ भने राती ९.१५ बजे लखनउबाट वस संचालन हुने छन् । प्रालिले भारतको राजधानी नयाँ दिल्लीसम्म समेत बस सेवा संचालन गरिरहेको छ । निकट भविष्यमै हरिद्धारसम्म वस संचालन गर्ने तयारी गरिएको महासचिव उमेश गुरागाईले बताए ।


  •  
  •  
  •