बस दुर्घटनामा ३ को मृत्यु, १५ घाइते

1097
  •  
  •  
  •  

ओखलढुंगा । ओखलढुंगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्ग अन्तरर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ मा बुधबार बिहान दुर्घटना भएको भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा बसका चालक झापा घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुलीको कमलामाई नगरपालिकाका लालबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

घाइतेमध्ये चार जनालाई काठमाडौं लगिएको र बाँकीको उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •