रेष्टुरेन्टमा बन्दुकधारीद्वरा आक्रमण, १७ को मृत्यु

191
  •  
  •  
  •  

attack-
काठमाडाै‌ं, एजेन्सी : आइतबार साँझ बुर्किनाफासोको एक रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १७ मारिएका छन् । उक्त हमलामा अन्य आठ जना घाइते भएको बुर्किनाफासोको सरकारले विज्ञप्तिमार्फत जनाएको छ ।

आइतबार राति स्थानीय समयअनुसार ९ बजे एनकार एभिन्युमा रहेको रेष्टुरेन्टमा बन्दुकधारीले हमला गरेका स्थानीय प्रहरीले जानकारी दिएको छ ।

उक्त क्षेत्रलाई प्रहरीले नियन्त्रण गरी आक्रमणकारीको खोजी गरेको थियो । सो क्षेत्रका नागरिकलाई बाहिर ननिस्कन र शान्तिपूर्ण रुपमा रहन प्रहरीले आग्रह गरेको छ । सो नगरमा सन् २०१६ को जनवरीमा पनि यस्तै आतङ्ककारी हमला भएको थियो ।


  •  
  •  
  •