बुण्डेस लिगमा खेल्ने खेलाडी ड्रेसिङ रुममा गएपछि पेनाल्टीकाे सामना गर्नु पर्याे

212
  •  
  •  
  •  

४ वैशाख : जर्मन बुण्डेस लिगमा खेल्ने खेलाडी ड्रेसिङ रुममा गएपछि एउटालार्इ पेनाल्टीकाे सामना गर्नु परेकाे छ। मेइन्ज र फ्रेइबर्गबीचको खेलमा हाफ टाइम भएपछि खेलाडीहरु ड्रेसिङ रुममा गएका थिए।

तर रेफ्री गुइडो विङ्कम्यानले दुवै टिमलाई पुनः मैदानमा बोलाएर फ्रेइबर्गलार्इ पेनाल्टीकाे सामना गर्नु परेकाे थियाे। उक्त पेनाल्टी मेइन्जकाे लागि अवसर सावित भयाे।

भिडियो एसिस्टेन्ट रेफ्री भार प्रविधिको धेरै स्थानमा आलोचना भइराखेको समयमा बुण्डेस लिगको खेलमा पनि उनले समयमा निर्णय दिन सकेनन् ।

फ्रेइबर्गका खेलाडीको ह्याण्डबल भएको पत्ता लाग्न समय लागेपछि रेफ्रीले ड्रेसिङ रुम पुगिसकेका खेलाडीलाई मैदानमा बोलाएका थिए । मिडफिल्डर पाब्लो डी ब्लासिसले गोल गरे । ब्लासिसले गोल गर्दै मेइन्जलाई २–० को जित दिलाउन सफल भए ।


  •  
  •  
  •