सुर्खेतमा २४ वटा बम भेटिए

355
  •  
  •  
  •  

सुर्खेत २३ साउन (ओएनएस) : सुर्खेतको उत्तरपूर्वी गाविस रानीवासमा २४ वटा सकेट बम भेटिएका छन् । बिहीबार नै स्थानीयले रानीवास–पुङमा बम भेटिएको खबर गरेपनि शुक्रबार मात्र प्रहरी त्यस स्थानमा गएको थियो ।

बम भेटिएको स्थानलाई प्रहरी चौकी मटेलाबाट गएको प्रहरी सहायक निरीक्षक सुन्दर सिंहको नेतृत्वको टोलीले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए । सिस्नोको झाडीमा पुरानो झोलामा रहेका सकेट बम मध्ये केही खोलिएको र केही खिया लागेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीलाइ बम निष्क्रिय पार्न जिल्ला प्रशासन कार्यालयले नेपाली सेनालाई पत्र पठाइसकेको जनाएको छ । ती बम माओवादी सशस्त्र द्वन्दका समयमा छाडिएको हुन सक्ने प्रहरीले जनाएको छ ।


  •  
  •  
  •