सिराहामा बम विष्फोट, बालकको मृत्यु

238
  •  
  •  
  •  

सिराहा, ११ साउन (ओएनएस) : सिराहाको गोविन्दपुर गाविस–७ रनाहा टोलमा आइतबार दिउँसो बेवारिसे बम बिष्फोट हुँदा एक नाबालकको मृत्यु भएको छ । अरु चार जना बालबालिकासहित आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गोविन्दपुर गाविस– ७ का १० वर्षीय रामकुमार महतो रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिए ।
टाउको, खुट्टा र हातमा बमको छर्रा लागेर गम्भिर घाइते भएका सात जनाको लहानस्थित फ्रेण्डस् मोडल हस्पिटलमा सामान्य उपचार गरी थप उपचारका लागि बिराटनगर रिफर गरिएको छ भने घाइते ललितादेवी महतोको लहानमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बिष्फोटमा परी घाइते हुनेहरुमा १५ वर्षीय जीवनकुमार महतो, १३ वर्षीया पुनमकुमारी यादव, १२ वर्षीया गनिताकुमारी महतो, ८ वर्षीय सविताकुमारी महतो, २५ वर्षीय ललितादेवी महतो, २४ वर्षीया निर्मलादेवी महतो, ३५ वर्षीय विष्णुदेवी महतो र ४० वर्षीय श्रीदेव महतो रहेका छन् ।


  •  
  •  
  •